नेउवा महासंघको कार्यकारिणी सदस्यमा दमकका श्रेष्ठ निर्वाचित

दमक ,३० चैत । दमक उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष गोकुल श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।काठमाडौंमा बुधबार भएको महासंघको ५७ औ चुनावी बार्षिक साधारणसभाबाट श्रेष्ठ कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् ।
युवा व्यवसायी श्रेष्ठ जिल्ला तथा नगर उद्योग वाणिज्य संघको खुल्ला तर्फबाट उम्मेदवार थिए । महासंघको कुल ६४ सदस्यीय कार्यसमितिका लागि ११६ जनाले उम्मेदवारी दर्ता गरेका थिए । जिल्ला तथा नगर उद्योग वाणिज्य तर्फबाट १८ पदका ३२ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
महासंघको कार्यकारिणी सदस्यमा श्रेष्ठलाई जिताउन दमक उद्योग वाणिज्य संघले संस्थागत रुपमा उम्मेदवारी सिफारिस गर्नुका उनका पक्षमा साथ र समर्थन जुटाउन देशभरिका उद्योग वाणिज्य संघका अध्यक्ष तथा अगुवा व्यवसायीहरुसंग चुनावी अभियान सञ्चालन गरेको संघका अध्यक्ष गोपाल गुरागाईले बताए ।

 

Leave a Reply

Your email address will not be published.