
दमक ,२९ चैत । ताजपुरिया समाज कल्याण परिषदको पाँचौ महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । गौरादह- ५ मैदानघोपा स्थित नमुना पाहुना घरमा आईतबार सम्पन्न महाधिबेशनको बन्दसत्रले पुर्णलाल ताजपुरियाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको महासचिवमा हर्देव ताजपुरिया,उपाध्यक्षमा नन्दलाल ताजपुरिया,महिला उपाध्यक्षमा कल्याणी ताजपुरिया,कोषाध्यक्षमा शैलेन्द्र कुमार ताजपुरिया,उपमहासचिवमा मंगलसिंह ताजपुरिया चुनिएका छन् । यसैगरि सदस्यहरुमा गौरसिंह ताजपुरिया,रेणु ताजपुरिया,रमा ताजपुरिया,कालेन्द्र ताजपुरिया,मन कुमार ताजपुरिया , कुन्दन ताजपुरिया,र दिलिप ताजपुरिया चुनिएका छन् । बन्दसत्रको प्रथम चरणमा आर्थिक तथा साङ्गठानिक प्रतिवेदन ,दोस्रो चरणमा बिधान संसोधन र तेस्रो चरणमा कार्य समिति गठन बारे छलफल भएको थियो ।नेतृत्व चयनका लागि परिषदका निवर्तमान अध्यक्ष गंगाराम ताजपुरियाको संयोजकत्वमा पाँच सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो ।
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यमा भएको महाधिबेशनमा झापा मोरङ् र भारतको बिहार तथा पश्चिम वंगालबाट सहभागिता जनाएका थिए । त्यसअवसरमा परिषदले समाजका केही युवा प्रतिष्ठित ब्यक्ति,जग्गा दाता,संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो ।