साहित्यकार धनकुटे कान्छा सम्मानित

दमक,३० चैत । दमकका साहित्यकार धनकुटे कान्छा नइ देरुनीख गौरव पुरस्कार -२०८० बाट सम्मानित भएका छन् । काठमाडौंस्थित आम्रपाली ब्याक्वीटको सभाहलमा शुक्रवार एक कार्यक्रमका बीच उनलाई प्रकाशनका कुलपति इन्दिरा प्रसाई तथा सदस्य सचिव नरेन्द्रराज प्रसाईं साथै कार्यक्रमका प्रमुख अतिथि प्रा. चेतोनाथ शर्मा आचार्यले नगद ५० हजारसहित ताम्रपत्र, मेडलद्धारा सम्मानित गरिएको हो।

हरेक वर्ष मोफसलमा रहेर भाषा, साहित्य,कला, सँस्कृतिको क्षेत्रमा समर्पित राष्ट्रिय व्यक्तित्व मध्ये एक जनालाई प्रदान गरिदै आएको सो पुरस्कारबाट धनकुटे सम्मानित भएका हुन् ।पुरस्कार रामबाबु प्रसाई तथा उनका परिवारको नाममा स्थापना गरिएको हो।

दमकलाई कर्मभूमि बनाई आएका साहित्यकार धनकुटे कान्छाले भाषा,साहित्य,कला, संस्कृति साथै शिक्षाको क्षेत्रमा ३ दशक भन्दा लामो समयदेखि क्रियाशील छन् ।
साहित्यिक अभियन्ताका रुपमा परिचित स्रष्टा धनकुटेले ५ वटा मौलिक कृतिहरु प्रकाशित छन् भन भने विभिन्न खोजमूलक ग्रन्थ तथा साहित्यिक प्रकाशनहरु सम्पादित कृतिहरु छन्।
उनी नेपालकै पहिलो चरा कराउने कलाकार समेत हुन्। उनको भाषिक,साहित्यिक तथा व्यक्तित्व विषयमा स्नात्तकोत्तर तहका लागि ३ जनाले सोधपत्रसमेत लेखेका छन्।
कार्यक्रममा देश विदेशका लब्धप्रतिष्ठित नेपालीभाषी के. बी. नेपाली, प्रा. गोपीकृष्ण शर्मा,ध्रुव थापा,डा. वसन्त पन्त ,डा. शान्ति क्षेत्री, डा. जीवन नाम्दुङ, रञ्जीत गजमेर , राधिका गुरागाँईलगायतका विभिन्न विद्याका स्रष्टाहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो।

Leave a Reply

Your email address will not be published.