दमक ,३० चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको शासन लोकतान्त्रिक व्यवस्थाको बिकल्प अरु कुनै पनि व्यवस्था हुनै नसक्ने बताएका छन् ।
नेपाली जनताले राणा शासन ,निरकुंश राजतन्त्रको अन्त्य गरि जनताको शासन व्यवस्था आएको बताउदै नेपाली जनता अव राजा मात्र नभएर कुनै पनि निरकुंसको रैती बन्नै नसक्ने दावी गरे ।
झापाको दमकमा एमाले कोशी प्रदेश कमिटीले आज दमकमा आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दे उनले अव फेरि राजा ल्याँउछु भन्दै सडकमा केहि जत्था उफ्रदैमा फयालिएको राजसंस्था आउनै नसक्ने बताए । अधिकारका नाममा लोकतान्त्रिक गणतन्त्र, संविधानमाथि आक्रमण गर्ने छुट कसैलाई नभएको भन्दै उनले भने ,‘ जनताको व्यवस्थाबाट नै देशलाई समृद्ध र बिकासमा लैजानुपर्छ । यो नै आजको आवश्यकता हो । ’
विकासका नाममा तमासा (स्टन्ट) गर्नेलाई जनताले नपत्याएको प्रष्ट भन्दै उनले भने, “देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ। आन्दोलनका नाममा बैँक डुबाउने, आगजनी गर्ने रक्सीका बोतल लुटेर भाग्नेले जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले भ्रम पाल्नु पर्दैन।”,
सरकार देशमा शुसासन कायम गर्न सफलहुदै गएको दावी गर्नुहुदै प्रधानमन्त्री ओलीले जनताको शासन व्यवस्थाबाट प्राप्त उपलिव्ध,अधिकार र परिवर्तनका विरुद्ध प्रतिगामीहरुको अलोकतान्त्रिक गतिविधि कुनै हालतमा स्वीकार्य हुनै नसक्ने स्पष्ट पारे ।दमकको पशुहाटमा आयोजना गरिएको सभामा प्रदेश भरिका पार्टी कार्यकर्ताहरुको वृहत उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओली भोलि आइतवारसम्म झापा रहने एमाले झापाका इन्चार्ज रोमनाथ ओलीले बताए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले भोलि विहान १० वजे दमकको सडक विभागलाई सोलार हस्तान्तरण गर्ने तथा दिउँसो गौरादहको नगर अस्पताल शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ । प्रम ओली भोलिनै काठमाडौ फर्कने कार्यक्रम रहेको छ ।