दमक,२९ चैत । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित मेयर कप -२०८१ को आज सम्पन्न भएको छ । झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठान प्राबिधिक तथा व्यावसायिक शिक्षालयको खेलमैदानमा फुट्बल तर्फको उपाधि वडा न.१० ले विजयी भएको छ ।
आज शुक्रबार भएको फाइनल खेलमा वडा नमबर १०ले वडा न. ७ लाई ट्राइबेकरमा ३ का विरुद्ध ४ गोल गर्दै वडा न.१० ले उपाधि कब्जा गरेको हो ।जितसंगै बिजेता टिमले नगद ५२ हजर सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने र उपबिजेता टिमले नगद ४१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।
शिवसताक्षी नगर खेलकुद बिकास समितिको आयोजनामा भएको फाइनलखेलमा निर्धरित समयमा दुबै तर्फबाट गोल रहित बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलमा वडा न.७ ले गोल लगाउने मौका धेरै पाएको भए पनि गोल लगाउन भने सकेनन् । गोललाई ६० प्रतिशत आफ्नो पकडमा राखेर खेलेको ७ न. वार्डलाई भाग्यले साथ नदिएकै कारण उपाधि हात पार्न बाट बन्चित हुन पुग्यो ।
खेलको म्यन अफ द म्याच बिजेता टिमका गोल किपर सुदिप मर्डी घोषित भए उनले नगद २ हजार १ सय हात पारे । त्यस्तै उत्कृष्ट गोलकिपरको पुरस्कार वडा न. १०का सुदिप मर्डी ,उत्कृष्ट डिफेन्डर वडा न. ७ का रोजिन कार्की ,उत्कृष्ट मिड्फिल्डरमा वडा न. १० का सिमोन राई घोषित भए । उत्कृष्ट फर्वाड वडा न.१० का मुक्साहाङ लिम्बू घोषित भए । ती सबै खेलाडीले समान ५ हजार ५ सय रुपैया सहित ट्रफी र मेडल प्राप्त गरे । त्यस्तै हाई स्कोरर अवार्ड वडा न. ८ का सोहन थापा र वडा न. ११ का देब मल्लिकले संयुक्त प्राप्त गरे । उनिहरुले एकमुष्ट ७ हजार ५ सय रुपैया प्राप्त गरे । त्यस्तै उदयमान खेलाडी वडा न. ८ का सोहन थापा घोषित हुदै उनले नगद ६ हजार ५ सय रुपैया नगद सहित ट्रफी पनि प्राप्त गरेका छन् । प्लेयर अफ दि टुनामेन्ट भने वडा न. ७ का हेमन लिम्बू घोषित भए र उनले नगद ११ हजार रुपैया सहित ट्रफी प्राप्त गरे ।
त्यसैगरि क्रिकेटतर्फ वडा न.११ बिजयी भएको छ ।उस्ले वडा ९ लाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।बिजेता टिमले नगद ३५ हजार र उप बिजेता टिमले नगद २५ हजार सहित मेडल ,ट्रफी र प्रमाणपत्र हात पारे ।
प्लेयर अफ दि सिरिज वडा न. ७ का बिजय घिमिरे घोषित भए । राइजिङ प्लेयर वडान. ११ का बिशेष उप्रेति घोषित भए । त्यसैगरी हाइस्कोररका रुपमा वडा न.११ का सुरज योङ्हाङ घोषित हुदाँ बेष्ट विकेट किपर वडा न.११ का सनम मगर घोषित भए। त्यस्तै बेस्ट फिल्डिङ वडा न. ११ का नरबिर फागोले हात पारे भने बेस्ट बलर वडा ९ का बिराज तामाङ , बेस्ट ब्यट्सम्यान वडा न. ११ पूर्ण लिम्बू घोषित भए । उनीहरुलाई नगद, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
गत २१ चैतदेखि शुरु भएको मेयरकपको फाइनल खेल समापन समारोहको प्रमुख आतिथ्यता प्रतिनिधिसभाका सदस्य एलपी सावाँ लिम्बू रहेका थिए । विजेता खेलाडीहरुलाई नगर प्रमुख मेगाहाङ थोप्रा र नगर खेलकुद अध्यक्ष सुरज रिङालुङ राईले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
मेयरकपमा बिभिन्न भलिवल,फूटवल,क्रिकेट लगायतका गरि विभिन्न ६ वटा खेलहरु समाबेश गरिएको थियो । यस किसिमको प्रतियोगितालाई आगामी वर्ष समेत निरन्तरता दिईने नगरपालिकाले जनाएको छ ।