सिएम कन्दङ्वा स्मृति कोषबाट तीन स्रष्टालाई सम्मान

-छविराज ढकाल
पथरी ,२९ चैत । सिएम (चन्द्रमान) कन्दङ्वा स्मृति कोषले बुधबार मोरङको पथरी शनिश्चरेमा तीन जना स्रष्टालाई नगदसहित सम्मान गरेको छ । सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मानबाट वरिष्ठ समालोचक, अन्वेषक, अनुवादक प्रा. डा. गोविन्दराज भट्टराई सहित तीन जना श्रष्टालाई सम्मान गरिएको हो । भट्टराईलाई एक लाख एक हजार नगदसहित ताम्रपत्र प्रदान गरिएको हो । यस्तै सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मानबाट सङ्गीतकार एवम् गायक अनिल फागोलाई ५१ हजार नगदसहित ताम्रपत्रले सम्मान गरिएको छ ।
यस्तै, सुशीला कन्दङ्वा पत्रकारिता पुरस्कारबाट पथरीका पत्रकार अर्जुन जम्नेली राई सम्मानित भए । राईलाई ११ रुपियाँ नगदसहित सम्मान गरिएको छ । उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति राईले स्रष्टाहरूको सम्मानले मात्रै नयाँ पुस्ताका साहित्यकारहरूमा ऊर्जा प्राप्त हुने बताए । उनले सिएम कन्दङ्वाको सम्झनामा राज्य स्तरबाट एक अक्षर खर्च नगरेको बताउँदै अब साना सहर र गाउँमा रहेका स्रष्टाहरूको पनि राज्यले खर्च गर्नुपर्नेमा जोडदिए ।
कोषका अध्यक्ष डाक्टर रामनारायण कन्दङ्वाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न स्रष्टाले कविता वाचन गरेका थिए ।सम्मान समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका चित्रकला तर्फकी प्राज्ञ सरोजा खड्गी, वरिष्ठ समालोचक दधीराज सुवेदी, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापो,शिक्षा , यूवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्ले, अधिकृत नवीन खुलाल , वरिष्ठ लोक गायक एलपी जोशी, गीतकार शिवशंकर थापा, कवि विवश पोख्रेल, कवि धन्कुटे कान्छा, लगायतका विभिन्न विधाका सर्जगहरूले कविता, गीत गजल गराउनुका साथै कला(संगीत प्रेमीहरूको उल्लेखीय उपस्थिति रहेको थियो। मोरङको पथरीशनिश्चरे १ स्थित एभरेष्ट अङ्ग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले यसअघि लोक गायक लक्ष्मी जोशीलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published.