राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियनद्धारा दमकमा शुभकामना आदानप्रदान

दमक,२९ चैत । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियनले बुधबार दमकमा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।दमक उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रम गरि शुभकामना आदानप्रदान गरिएको यूनियनका अध्यक्ष मनोहरि घिमीरेले बताए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा दमक ७ का वडाअध्यक्ष भिम पौडेलको विशिष्ट आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका नेता,कार्यकर्ताहरु, ट्रेड यूनियनमा आवद्ध मजदुरहरुको उपस्थिति रहेको थियो ।
यूनियन दमक नगर समितिका संरक्षक गंगा सिटौलाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा यूनियनका कोशी प्रदेश अध्यक्ष हर्क थुङलिङ, राप्रपा दमकका अध्यक्ष हेम सुवेदी,पार्टीको युवा संगठनका केन्द्रीय हरि तिवारी, जिल्ला उपाध्यक्ष भुवन ढकाल लगायतको उपस्थिति रहेको यूनियनका सचिव कमल कटुवालले बताएका छन् । कार्यक्रममा सहभागिहरुवीच नजिकिएको नयाँ वर्षको एकापसमा शुभकामना आदानप्रदान गरिएको थियो ।
महिना दिन अघि मनोहरि घिमीरेको अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन दमक नगर समिति गठन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published.