
झापा,२८ चैत । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखाले चुम्लुङको हालै सम्पन्न महाधिबेशनबाट जिल्लाबाट निर्वाचित हुने सदस्यहरुलाई बधाई शुभकामनासहित सम्मान गरेको छ ।
झापा जिल्लाबाट चुम्लुङको संघीय, लिम्बुवान प्रदेश र राष्ट्रिय चुम्लुङमा प्रतिधित्व गर्ने संघीय सदस्य, प्रदेश सदस्य राष्ट्रिय चुम्लुङ सदस्यहरूलाई सम्मान गरिएको हो ।
पाँचथरको फिदीममा सम्पन्न चुम्लुङको ११ औ महाधिबेशनबाट संघीय सल्लाहकारमा जीतबहादुर लावती ,संघीय सदस्यहरू अमृत योङहाङ, डा. भिम सुब्बा, इक्सा सम्बाहाम्फे र चन्द्रकला सुब्बालाई सम्मान गरिएको हो । त्यसैगरी चुम्लुङको दोस्रो प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सचिवमा इक्साहाङ चेम्जोङ, प्रदेश सदस्यमा कविन्द्र शेर्मा र मनकुमारी पन्दाक बेघा, राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जबेगु, गुमानसिङ सम्बाहाम्फे र महेन्द्र लावतीलाई पनि सामूहिक रुपमा सम्मान गरियो ।
त्यसैगरि ,कार्यक्रममा पूर्व केन्द्रीय सदस्य पूर्ण हाङसरुम्बा, बिष्णुमाया चेम्जोङ र शिवकुमार मेन्याङबोलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।
जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष भक्त खेवाङ, जिल्ला सल्लाहकार दुर्गा नेम्बाङ, पूर्व केन्द्रीय सदस्य पूर्ण हाङसरुम्बा, जिल्ला सदस्य शर्मिला आङदेम्बेले शुभकामना मन्तव्य राखे भने संघीय सल्लाहकार जीतबहादुर लावती, संघीय सदस्यद्वय अमृत योङहाङ र चन्द्रकला सुब्बाले प्रतिबद्धता मन्तव्य राखेका थिए ।
कियाचु मेचीनगर अध्यक्षमा केरुङ
किरात याक्थुङ चुम्लुङ मेचीनगरको अध्यक्षमा धनप्रसाद केरूङचयन भएका छन् ।चुम्लुङको सभाहलमा सम्पन्न छैठौं नगर अधिवेशनबाट केरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
सोमबार सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा बीर बहादुर वेघा, सचिवमा मिना इजम लिम्बू, सहसचिवमा राजेन्द्र इधिंगो र कोषाध्यक्षमा मिनमाया लिड्ंखिम इधिड्ंगो निर्विरोध चयन भएका छन् ।
त्यससैगरी सदस्यहरूमा मणि कुमार लिम्बू, भूमिका लिम्बू फियाक, ओम प्रकाश खापुड्ं, भुमादेवी आड्ंदेम्बे, तिलकचन सम्बाहाम्फे, याकुम सम्बाहाङफ्, प्रकाश कन्दड्वा, राज कुमार थेवे, सन्तोष साँवा, बुद्द तिगेला, प्रतिमा साम्यु, लोक बहादुर आड्ंबो, विर बहादुर लिम्बू, प्रदिप मादेन, अर्जुन इजम र मन कुमारी लिम्बू ( मनिषा ) निर्विरोध छन् ।
नव निर्वाचित कार्य समिति पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समिति संयोजक तथा कियाचु जिल्ला कार्य समिति अध्यक्ष सेसेहाङ फियाकले शपथ ग्रहण गराएका थिए ।