दमक ,२९ चैत । नेकपा एमालेले भोलि शनिवार दमकमा आयोजना गरेको जनसभालाई सफल बनाउन आज यहाँ मोटरसाईकल र्याली निकालेको छ ।एमाले कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरको उक्त जनसभाको पूर्व सन्ध्यामा निकालिएको मोटरसाइकल र्याली दमकको गोरखा डिपार्टमेन्टको प्राङगणबाटवाट शुरु भई दमक वजार परिक्रमा गरी कमल गाउँपालिका,गौरादह हुदै गौरीगञ्ज पुगेर समापन गरिएको हो । र्यालीको शुभारम्भ पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राईले गरे ।
एमाले तथा देशको व्यवस्था , परिवर्तनका उपलव्धिहरु विरुद्ध हुदैआएको प्रतिगमनकारी गतिविधिले देशलाई नै आघात पुग्नेसम्मका विभिन्न गतिविधिहरुको भएको भन्दै त्यसविरुद्ध एमालेले देशव्यापी रुपमा जनजागरण अभियानमार्फत जनसभा गरिआएको उनले बताए।
उनका अनुसार भोलि चैत ३० गते दमकको पशुहाटमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको तथा सभालाई एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । सभामा एक लाख जनता उतार्ने इन्चार्ज राईले दावी गरे ।