किसानलाई राहत दिन कांग्रेस नेता राईको माग

दमक,२७ चैत । नेपाली कांग्रेस १ नम्बर प्रदेश समितिका सदस्य हुकुमसिंह राईले हावाहुरी संगै परेको असिनापानीले झापाको कमल गाउँपालिकासहित प्रदेश १ भरि क्षति पुरयाँएका किसानलाई उचित राहत दिन माग गरेका छन् ।
उनले आज प्रेस बिज्ञप्ति जारी गरि प्राकृतिक रुपमा पीडित किसानलाई तुरुन्त उचित राहत दिन तथा विपन्न परिवारको क्षतिग्रस्त घर पूर्ननिर्माण गर्नका लागि सहयोग पुरयाँउन स्थानीय सरकारसंग माग गरेका छन् । हिजो आइतवार दिउँसो १ वजेतिर हावाहुरीसंगै परेको असिनापानीले कमलका दर्जनौ घरका गरिव तथा विपन्न समुदायका घरका छानो तथा घेरोवेरा भत्काएर दैनिक जीवनयापनमा समस्या पुरयाँएको थियो । त्यस्तै, किसानले लगाएका धान,मकै ,खरवुजा लगायतका अन्नवाली सखाप पारेको पाईएको छ ।
विज्ञप्तिमा नेता राईले भनेका छन्, –‘यो असमान्य प्रकोपले किसान र विपन्न समुदायहरु बढी प्रभावित भएकाले ती प्रभावित समुदायलाई त्तत्काल राहत तथा पुर्नास्थापनाका लागि स्थानीय सरकार तथा अन्य सरोकार निकाय संघसंस्थाहरुसंग अपिल गर्दछु ।’
प्राकृतिक रुपमा कहिले महामारी र बर्षायाममा अकल्पनीय बाढीपहिरोले बर्सेनी ठुलो जनधनको क्षति व्यहोर्नु परेकाले त्यस्ता मानवीय तथा प्राकृतिक क्षति हुन नदिन स्थानीय सरकारको अझ ठुलो भूमिका हुने भएकाले त्यसतर्फ सम्बन्धित निकायको समेत ध्यानाकर्षण गर्न उनको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.