
झापा,२८ चैत । ट्रकको ठक्करबाट झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय संयम बजगाईं छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते बजगाईँको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। दुर्घटनामा संलग्न ट्रकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।