चट्याङ लागेर गौरादहमा एक महिलाको मत्यु

गौरादह ,२७ चैत । चट्याङ लागेर आज आइतवार दिउँसो झापाको गौरादह नगरपालिका ५ की एक महिलाको मत्युभएको छ ।मृत्यु हुनेमा गौरादह ५ की ४० बर्षीया मन माया थापा रहेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागेर घाईते उहाँको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिवसताक्षीका ८ घरमा क्षति
यसैगरि शिवसताक्षी नगरपालिकामा हुण्डरीले ८ वटा घरको छाना उडाएको छ । वडा नम्बर ७ मा एतवरी टुडू, कार्तिक राजवंशी, मेनी राजवंशी,विरे राजवंशी, पवन राजवंशी लगायतको फुस्को घर हावाले उडाएको हो । पवन राजवंशी का अनुसार अन्नपात भिजेर नष्ट भएको छ ।
यता कनकाई नदीको बगरमा लगाइएको खरबुजा असिनाले फुटाएर क्षति पुर्याएको छ । यो सिजनमा झापा का नदीका बगरमा खरबुजा खेती हुने गरेको छ । स्थानीय कुन्दन कुमार चौधरीका अनुसार २५ बिगाहामा लगाइएको खरबुजा असिनाले खत्तम बनाइदिएको छ । माई खोलाको बगरमा सयौ किसानले खरबुजा को खेती गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.