सङजुम्भोको दोश्रो केन्द्रीय साधारणसभाको तयारी पूरा

दमक, २७ चैत । लिम्बू आङदेम्बेहरुको सामाजिक संस्था पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भोको दोश्रो केन्द्रीय साधारणसभाको तयारी पूरा भएको छ ।यहि चैत २८ र २९ गते पान्थरको अम्लाबुङमा हुने पापोहाङ आङदेम्बे ताङसेप सङजुम्भोको दोश्रो केन्द्रीय साधारणसभा व्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक सवै तयारी पूरा भएको सङजुम्भोले जनाएको छ । सङजुम्भोको केन्द्रीय साधारणसभामा सहभागि हुन स्वदेश तथा विदेशबाट प्रतिनिधि,पर्यवेक्षकहरु सहभागि हुन आउने क्रम बढेको आयोजक संस्थाका अध्यक्ष दिलपकन्दी आङदेम्बेले बताए ।
उनका अनुसार साधारणसभामा सङजुम्भोमा आवद्ध जिल्ला, गाउँनगर शाखा समितिबाट दुई सय बढीको प्रतिनिधिमूलक सहभागिता रहने छ । साधारणसभामा सङजुम्भोमा सांगठानिक तथा आर्थिकसहित विभिन्न विषयगत प्रतिवेदन प्रस्तुत भई छलफल तथा अन्तरकृया गरिनुका साथै नयाँ नेतृत्व समेत चयन गरिने अध्यक्ष आङदेम्बेले बताए ।
यस्तै, साधारणसभामा सङजुम्भोको संस्थागत विकासका लागि आवश्यक राय,सुझाव दिन समेत आफनो सञ्जालको फेसबुक फेजमार्फत पनि माग गरिएको जनाइएको छ । सो पेजमा पनि विभिन्न क्षेत्रबाट आङदेम्बे दाजुभाईदिदीवहिनीहरुले सुझाव दिदैआएको अध्यक्ष दिलपकन्दी आङदेम्बेले बताए ।
यसैगरि, केन्द्रीय साधारणसभा सम्पन्न गर्नका लागि आङदेम्बे समाज वेलायतबाट भक्ती आङदेम्बेमार्फत ९४ हजार १४६ रुपैया प्राप्त भएको जनाईएको छ । सहयोगका लागि आङदेम्बे समाज युकेका अध्यक्ष सञ्चमान आङदेम्बे , सचिव किसोर आङ्देम्बे लगायत वेलायत निवासी आङ्देम्बे दाजुभाई तथा दिदिबहिनिहरुले स्वेच्छिक सहयोग पुरयाँएका थिए ।

Leave a Reply

Your email address will not be published.