
गौरीगञ्ज,२७ चैत । नेकपा एकीकृत समाजबादीले गौरीगञ्जमा पालिका कमिटी गठन गरेको छ । आज सम्पन्न पार्टी कार्यकर्ताहरुको भेलाले हिरमकाजी गिरीको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।
सर्वसम्मत गठित कमिटीको उपाध्यक्षमा पशुपति भुजेल,सचिवमा बेदराज गिरी, उप सचिवमा बेदनाथ आचार्य लगायत चुनिएका छन् ।
पार्टीका केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज ईन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा पार्टीका प्रदेश कमिटी सदस्य भरतबाबु कार्की लगायतको उपस्थिति रहेको थियो । पार्टीका जिल्ला कमिटी सदस्य हरि नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन जिल्ला कार्यालय सदस्य टिकाराम प्रसाईले गरेका थिए ।