दमक,२७ चैत्र । अखिल क्रान्तिकारी दमक क्याम्पस इकाई कमिटीको १०औं इकाइ सम्मेलनले प्रवीण योगीको अध्यक्षतामा ४५सदस्यीय इकाई कमिटी गठन गरेको छ ।सर्वसम्मत निर्वाचित इकाई कमिटीको उपाध्यक्षहरुमा मनिस बुढाथोकी,सिसम्पा गुरुङ ,सागर थापा,सचिवमा प्रवीण कार्की, सहसचिवहरुमा सबिना उप्रेती, अनिस बिष्ट,रेगियन दुतराज विश्वकर्मा र कोषाध्यक्षमा प्रयुसा राई लगायत ४५ सदस्यीय इकाई कमिटी गठन गरिएको इकाइ इन्चार्ज भिष्महाङ सम्बाहाम्फेले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष रन्जित तामाङको प्रमुख आतिथ्यतामा भएको इकाई सम्मेलनका अवसरमा कक्षा १२ का विधार्थीहरुलाई बिदाई गर्नुका साथैं विभिन्न गीत तथा नृत्य समेत प्रस्तुत गरिएको इकाई संयोजक लक्ष्मी नेपालले बताए ।
कार्यक्रममा माओवादी केन्द्र दमक नगर अध्यक्ष रवि बस्नेत,दमक बहुमुखी क्याम्पसका प्राध्यापक तथा बुद्धिजीवी संगठन प्रदेश अध्यक्ष राधिका ओझा,अखिल क्रान्तिकारी झापा जिल्ला अध्यक्ष रन्जन धमला र क्याम्पसका प्रमुख यज्ञराज गिरी( राम) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।