दमक,२६ चैत । किराँत रोदु रुकुपो सोताङ संघको बार्षिकोत्सवको अवसर पारेर दमकमा आइतबार खुल्ला रक्तदान कार्यक्रमसहित भित्ते पात्रो सार्वजनिक गरिएको छ ।
दमक -५ स्थित गोर्खाली टोलमा आयोजित कार्यक्रममा १३ महिलासहित कूल ४६ जनाले रक्तदान गरेका आयोजक संस्थाका सदस्य विजय राईले जानकारी दिए ।
संस्थाका अध्यक्ष चन्द्रप्रसाद रुकुपोको अध्यक्षता र दमक -५ का वडाध्यक्ष इन्द्र गुरुङको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा सामाजिक व्यक्तित्व भुपध्वज थोम्रसको विशेष आतिथ्य रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि गुरुङ,थोम्रस, कान्तिपुर एजुकेशन फाउण्डेशनका अध्यक्ष राम पौडेल, संस्थाका अध्यक्ष रुकुपो, नेपाल रेडक्रस सोसाइटीका रक्तसञ्चार प्रमुख सिद्धार्थ दाहाल लगायतले संयुक्त रुपमा संस्थाद्धारा प्रकाशित बर्ष २०८० को बार्षिक भित्तेपात्रो सार्वजनिक समेत गरेका थिए ।
रक्तदानमा आयोजक संस्थाका पदाधिकारी, सदस्यहरु, कान्तिपुर फाउण्डेशनका बिद्यार्थीहरु, इच्छुक अन्य रक्तदाताहरुले समेत स्वतस्फूर्त रुपमा रक्तदान गरेका थिए । रक्तदानमा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।