छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु

झापा , २६ चैत्र । मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । शनिवार बेलुका साढे ९ बजे मोरङको बिराटनगर महानगरपालिका ४ आयल निगम स्थितमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्रदेश १–०२–०४० प ३२३२ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउदै गरेको बा। १ –०२५ च ५४४६ नम्बरको कारले ठक्कर दिदा घाईते भएका बर्जु गाउँपालिका–४ सुनसरीका ४५ बर्षीय शिव कुमार गुरुङको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।
यसैगरि, 
ट्रकको ठक्करबाट उदयपुरमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे.१ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका- १४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो । सो घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.