दमकमा भाटभटेनी सुपरमार्केट बन्दै, ९ तलाको भवन हुने

दमक ,२६ चैत । ठुलो व्यवसायिक घरानाका रुपमा चिनिएको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले अव दमकमा अर्को स्टोर थप्ने भएको छ ।दमक -९ स्थित चिया दोकानमा स्टोर विस्तार गर्न निर्माण कार्य थालेको हो । यसअघि विरगञ्जमा स्टोर खुलेको छ ।
भाटभटेनीको कोशी प्रदेशमा बिराटनगर, धरान, इटहरी पछि अब दमकमा सुविधासम्पन्न स्टोर खोल्न लागेको हो ।भाटभटेनीले स्टोर खोल्न वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको छ । नयाँ खोल्न लागेको स्टोर दमक चोकबाट करिब २ किलोमिटर पश्चिममा राजमार्गमै छ ।
स्टोरका लागि कुल ४७ सय ५० वर्गमिटर जग्गा छुट्याइएको र त्यसका लागि कम्पनीले जग्गा खरीद गरिसकेको छ ।स्टोर भूमिगतसहित ९ तलाको हुने र यसको बिल्डअप एरिया १८ हजार ८३ वर्ग फिट हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.