दमक,२७ चैत । झापाको कमल गाउँपालिकास्थित लायन्स क्लव अफ कमल प्रोफेसनलको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ ।सोमबार कमल -६ स्थित वडा कार्यालय भवनको प्राङ्गणमा सम्पन्न रक्तदानमा ९महिला र ३१पुरुष सहित ४०जनाले रक्तदान गरेका छन् । कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुमसिहं राई सहितकाले रगतदान गरेका थिए । अध्यक्ष राईको यो सातौ रगतदान हो ।
रक्तदानमा सहभागि दाताहरुलाई पालिका अध्यक्ष राईले प्रंशसापत्र वितरण गरेका थिए । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा जीवन चक्र समाज नेपाल अध्यक्ष गणेश गौतम, शैक्षिक व्यक्तित्व दिलिप संगौला, लायन्सकर्मीहरु बिप्लव दंगाल , रामचन्द्र मिश्र , युवराज पाठक , त्रिलोचन अधिकारी ,ओम कार्की लगायतका सामाजिक अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।