आस्था कलेजमा नेविसंघको इकाई समिति

दमक, २५ चैत । नेपाल विद्यार्थी संघले दमकस्थित आस्था कलेजमा आफनो संगठन निर्माण गरेको छ । आज कलेजमा भएको विद्यार्थीहरुको भेलाले पंकज न्यौपाने सभापति रहेको १७ सदस्यीय इकाइ समिति गठन गरेको हो ।
सर्वसम्मत गठित समितिको उपसभापतिद्धयमा भावना खड्का ,निश्चल अधिकारी, सचिवमा प्रबिण गौतम,सहसचिबमा आयुस खरेल र कोषाध्यक्षमा मुकेश सिंह चुनिएका छन् । यसैगरि सदस्यहरुमा प्रशान्त खड्का ,भावना खनाल ,स्नेहा लुइँटेल ,निकेस ओझा,बादल श्रेष्ठ ,युवराज अधिकारी,सन्जोक सेढाई ,होम बाँनिया,निश्चल शाही ठकुरी,एमरल दि ढकाल,रोजी ढुङगाना, दिनेस श्रेष्ठ लगायत रहेका छन् ।
नेविसंघका जिल्ला सदस्य तथा जिल्ला प्रतिनिधि विशाल अधिकारीको सभापतित्व तथा संघका जिल्ला उपसभापति सहदेब भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संघका जिल्ला कोषाध्यक्ष नवराज ढकाल, जिल्ला सदस्य नवराज नेउपाने लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.