कमल कांग्रेसका युवा सभापतिहरु वडाअध्यक्षका आकांक्षी

कमल ४ का कांग्रेस सभापति राई

कमल , २५ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसंगै धमाधम आकांक्षीहरु बढ्दै गएका छन् । झापाका १५ वटै स्थानीय तहमा यतिखेर अन्य भन्दा मुख्य राजनीतिक दलहरुलाई उम्मेदवार चयन गर्न निकै सकस परेको छ । सत्तारुढ दलहरुवीच सवै जिल्लामा तालमेल गर्ने निर्णय गरेसंगै झापा जिल्लामा तालमेल मिलाएर उम्मेदवार छान्न कठिन बन्दै गएको हो । सत्तारुढ दल भित्र अझै तालमेल मिल्न सकेको छैन् । तालमेल नमिल्दा नेपाली कांग्रेस,माओवादी केन्द्र ,जसपा भित्र उम्मेदवार छनौट लम्बिदै गएको छ । गठबन्धन अनुसार वडासम्म त्यही अनुसार उम्मेदवार छान्ने निर्णय गठबन्धन सम्मलित दलको छ । तालमेल मिलेका कारण निर्वाचनमा जित्न सकिने सहज भएको भन्दै दल भित्र उम्मेदवारको आकांक्षी ठुलो भिड देखिएका हुन् ।


कमल ४ मा सभापति राईको चर्चा

यसैक्रममा कमलका कांग्रेस वडा सभापतिहरु पनि वडाअध्यक्षका लागि आफनो दावी प्रस्तुत गरिआएका छन् । पार्टीको नेतृत्व गरिआएका ४० वर्ष मुनीका युवा सभापतिहरुले पार्टीसंगै जनातको सेवामा काम गर्न पनि वडाअध्यक्षमा आफनो दावी गरिआएका हुन् । भर्खरै २९ बर्ष पुगेका कमल ४ का कांग्रेस सभापति सागर राईले राजनीतिमा युवाको पहुँच पुरयाँउन पनि वडा अध्यक्षमा आफनो दावी रहेको सुनाए ।

विद्यार्थी कालदेखि राजनीतिमा आएका उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन जरुरी भएको र गठबन्धन अनुसार कमल ४ मा नेतृत्व पाए काम गरेर देखाउने प्रतिवद्धता सुनाए । गठबन्धन विरुद्ध नजाने स्पष्ट पार्दे उनले वडाबासीको सल्लाह ,भावना अनुसारनै पार्टीमार्फत उम्मेदवार बन्ने बताए । सामाजिक कार्यमा सक्रिय उनी आफूले वडाअध्यक्षको दावी स्वभाविक भएको ठान्छन् । पार्टी वडा हाक्ने जिम्मेवारी पालन गरिआएका र पार्टीसंगै जनताको सेव गर्न पनि आफूहरुले वडाध्यक्षको आकांक्षा अमिल्दो नभएको उनको बुझाई छ । उनी भन्छन्, –‘युवालाई जनतासंग जोडन र पार्टीले लिएको नीति अनुसार काम गर्न पनि मेरो उम्मेदवारी दावी हो ’
२०६५ सालमा इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको सदस्य ,२०६७ मा आरआर क्याम्पस काठमाडौको सदस्य हुदै साविक तोपगाछीको तरुण दलका उपसभापति हुदै कार्यवहाक सभापति भएका युवा सभापति राई गत १४ औ महाधिबेशनबाट वडासभापतिमा सर्वसम्मत चुनिएका हुन् ।
राई जस्तै कमल ६ का सभापति रोशन दाहाल, कमल १ का सभापति भिष्म सुवेदी ,कमल ३ का सभापति लक्ष्मण बोहोरा पनि वडाध्यक्षका आकांक्षी छन् । पार्टीले उम्मेदवारी दिएको खण्डमा उम्मेदवार भएर जनताको काम गर्ने उनीहरुको भनाई छ । त्यस्तै, कमल १ बाट नेविसंघका नेता महेन्द्र भटटराई पनि वडाध्यक्षको आकाक्षी देखिएका छन् । वडाबासीको सेवा गर्न पनि वडाअध्यक्षको आकांक्षा राखेको स्पष्ट पार्दे उनले पार्टी भित्र आफनो दावीलाई पार्टी नेतृत्वले बुझने बताउँछन् ।

Leave a Reply

Your email address will not be published.