गौरादह,२५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोकपरेको छ । मुख्यमन्त्री कार्कीकी ९१ वर्षीया आमा जानुकादेवी कार्कीको आज साँझ ७ बजे निधन भएको हो। झापा गौरादहस्थित निवासमै उनको निधन भएको हो।
एक महिना अगाडि उनको खुट्टा भाँचिएपछि बिरामी भएकी थिइन् । विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा उनको खुट्टाको शल्यक्रिया भएको थियो। स्वर्गीय कार्कीको दुई छोरा हुन् । मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यसमेत हुन् । कार्कीका ५ जना छोरी छन् । मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी आमालाई बचाउन नसकेको उल्लेख गरेका छन् ।