दमक,२६ चैत । नेकपा एमालेले दमकमा यहि चैत ३० गते अयोजना गरेको कोशी प्रदेश स्तरिय जन प्रर्दशनसहितको सभाको तयारी पूरा भएको छ ।जनप्रर्दशनको तयारीका बारेमा मंगलवार दमकमा पत्रकार सम्मेलन गरि एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले जनसभा भव्य रुपले सफल बनाउन आवश्यक सवै तयारी पूरा भएको जानकारी दिए ।
प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा कोशीका पूर्वमुख्य मन्त्री राईले एमाले मात्र नभएर देशमा प्राप्त जनताको शासन व्यवस्था विरुद्ध भईरहेका अवान्छित हर्कतलाई चिर्न देशका ७ वटै प्रदेशमा यस किसिमको जनसभा गरिआएको बताए ।
जरा अभियानमार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउदै प्राप्त उपलव्धि रक्षाका लागि एमाले जनताको वीचमा गएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा उनले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वलाएकाले जनतालाई सचेत गराउन जनसभाले सफल हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार बृहत जनसभामा २ हजार स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको छ । जनसभामा नेकपा (एमाले) का नेता, कार्यकर्ता र सदस्यहरु परिचालित हुने छन् । जनसभा तयारीका लागि ईञ्चार्ज राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सो सभा व्यवस्थित बनाउन पार्टीले २ हजार स्वमसेवक परिचालन गरिने पार्टी झापा इन्चार्ज रोमनाथ ओलीले बताए । स्थानीय पशुहाटमा हुने जनसभा उद्घाटन पूर्व नगरका विभिन्न स्थानबाट जातिय सांस्कृतिक झाँकीसहितको वृहत ¥याली निकालिने छ भने चैत २९ गते वृहत मोटरसाईकल ¥याली निकालिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा पार्टीका कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा ,केन्द्रीय सदस्यहरु इन्द्र भण्डारी ,रोमनाथ ओली, मेनुका काफ्ले ,प्रदेश सभाका सांसद होमबहादुर थापा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।