
कमल,२५ चैत । कमल -६ पञ्चकन्या टोल क्षेत्रका खेलाडीहरुलाई विभिन्न खेल सामाग्रीहरु उपलव्ध गराइएको छ । नेपाली कांग्रेस कमल ६ को संयोजनमा बुधबार त्यहाँको पञ्चकन्या टोल समिति मार्फत पञ्चकन्याका खेलकुदसंग आबद्ध युवाहरूलाई भलिबल , फुटबल र पूरा टिमजर्सी उपलव्ध गराइएको कांग्रेस कमल ६ का वडा सभापति रोशन दाहालले बताए ।
ती खेल सामाग्रीहरु गौरादह वडा नं २ वडा अध्यक्ष तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हेमन्त कार्की , खेलकुद सामाग्री सौजन्यकर्ता कांग्रेस प्रदेश नं १ कार्यसमिति सदस्य हुकुम सिहं राई , महाधिवेशन प्रतिनिधि चन्द्रा खड्का (भट्टराई ) ले हस्तान्तरण गरेका छन् ।
खेलकुद सामाग्री हस्तान्तरण गर्दे कमल ५ निवासी युवा नेता समेत राईले खेलकुद क्षेत्रमा संलग्न खेलाडीहरुलाई प्रोत्साहन दिन सकेमात्र खेलकुदको विकास हुने भन्दै आफूले सदैव साथ र सहयोग उपलव्ध गराउने प्रतिवद्धता जनाए ।