दमक,२५ चैत ।फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थीलाई मरणासन्न हुने गरि कुटपिट गर्ने झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगाले निलम्बनमा परेका छन् ।
सातादिन अघि कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले फेसबुकमा कमेन्ट गरेको निहुँमा मरणासन्न हुने गरि कुटपिट गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरि अभियोग माथि प्रहरीले छानवीन गरिहेको हुदाँ निज आरोपी वगालेलाई मुद्धा किनारा नलागेसम्म जिम्मेवारीबाट तत्काल निलम्बन गरि सहायक प्रधानाध्यापक डम्बरुप्रसाद पोख्रेललाई कार्यसम्पादन गर्न जिम्मेवारी दिने निर्णय गरिएको गाउँपालिकास्तरिय शिक्षा समितिका संयोजक समेत रहेका पालिका अध्यक्ष हुकुमसिंह राईले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
शिक्षा नियमावली २०५९ को नियम १४१ मा भएको व्यवस्था अनुसार आरोपी वगाले अभियोग बमोजिम सवतः निलम्बनमा परेको हुदाँ निजले दैनिक कामकाजको जिम्मेवारी अर्को व्यवस्था नभएसम्म सहायक प्रअ पोख्रेलले गर्न अख्तियारी प्रत्यायोजन दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
विद्यार्थी निर्घात कुटपिटको घटनालाई लिएर चौतर्फी आलोचना भएपछि शिक्षा समितिको बैठकले कमल -५ का वडाध्यक्ष लालबहादुर विष्टको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो छानवीन समितिले आइतवारनै शिक्षा समितिलाई प्रतिवेदन बुझाएको थियो । तर, गठित छानवीन समितिको प्रतिवेदन बाहिर आएको छैन् ।
स्रोतका अनुसार सोहि प्रतिवेदन उपर थप छलफल गरि प्रअ बगाले विरुद्धको मुद्धा इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धान भईरहेको हुदाँ मुद्धा किनारा नलागेसम्म विद्यालय नियमित सञ्चालनमा अवरोध नपुरयाँई दिन हुन अध्यक्ष राईद्धारा विज्ञप्तिमा उल्लेख छ ।
कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको दुई महिना नबित्दै सो विद्यालयमा छात्रामाथि कुटपिटको घटना बाहिर आएको हो ।