दमक ,२३ चैत । बरिष्ठ साहित्यकार मुक्ति प्रसाद उपाध्यायको दुई वटा कृति एकै साथ लोकापर्ण गरिएको छ । भारतको सिलगढी शास्त्रीनगरस्थित समाज सेवा भवनको अरुणा लामा हलमा एक कार्यक्रमका वीच शिलगढी निवासी बरिष्ठ साहित्यकार उपाध्यायका दुई वटा कृतिहरु ‘देवभुमी हुदै प्रशान्तिनिलयम’ यात्रा संस्मरण र ‘लौ न त बरु ’कथा सङ्ग्रह लोकापर्ण गरिएको हो ।
बरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्यकार लक्षण शर्मा नेपालले देवभुमी हुदै प्रशान्तिनिलियम कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए भने प्राध्यापक नविन पौडेलले लौन त बरु कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए ।यी दुवै कृतिको लोकापर्ण नेपाल,भारत,सिक्किम,दार्जेलिङ र आसामका साहित्यकारले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा नेपालको झापा र मोरङ्गका दुई दर्जन भन्दा बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो । दमकका बरिष्ठ साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराईको नेतृत्वमा दमकका साहित्यकारहरु यादवप्रसाद अधिकारी झाक्रिखोले,ओमप्रसाद खनाल,जीवनहरि शर्मा,कमलराज भट्टराई,खेमलाल पोख्रेल,बिवेक दुलाल क्षेत्री,डा.अन्जना शर्मा,डा.व्यन्जना शर्मा,नारायणप्रसाद शर्मा,खड्ग बहादुर खड्का,निर्मला भट्टराई,जयनारायण भट्टराई,बिरेन्द्र थोकलिङ, प्रभा राई, ईन्द्र प्रसाद घिमिरे,रेवती प्रसाद घिमीरे,हाङओझा थेगीम,जितेन्द्र न्यौपाने र झापाका अन्य साहित्यकारहरु प्रेमप्रसाद फलारी, गोपालप्रसाद सापकोटा,उषा गुरुङ,देवीचरण भण्डारी लगायतका साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम साउती परिवार सिलगढीका अध्यक्ष लतिका जोशीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सन्चालन साहित्यकार पार्वती देवानले गरेकी थिईन ।कार्यक्रममा बिभिन्न सामाजिक व्यक्तित्व र सामाजिक संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।