शिवसताक्षी व्याडमिन्टनको उपाधि अग्नि र शम्सेरको जोडीले जित्यो

शिवसताक्षी ,२४ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को व्याडमिन्टन तर्फको खेल सम्पन्न भएको छ ।झिलझिलेस्थित कवड हलमा आयोजित प्रतियोगितामा डबल व्याडमिन्टन तर्फको उपाधि वडा न. ९ का अग्नि प्रसाद खरेल र शम्सेर चौधरीको जोडीले जितेको छ ।

त्यस्तै , वडा न. ११ का बिकास कुमर कुमाल र गम्बिर बहादुर राईको जोडी उपबिजेतामा सिमित बन्न पुग्यो। प्रतियोगिताको बिजेता टिमले नगद १५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्र हात पारे भने उपबिजेतामा सिमित भएका जोडीले नगद १० हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
त्यसैगरी व्याडमिन्टन एकल तर्फको उपाधि वडा न. ७ का बिर बहादुर लिम्बूले जिते । उनले वडा न. ८ का प्रशन्न चापागाईलाई पराजित गरि एकल तर्फको उपाधी कब्जा गरेको हो ।

बिजेता बने संगै लिम्बूले नगद ८ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारे भने उपबिजेतामा सिमित भएका चापागाईले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको ब्याटमिन्टन खेल संयोजक सुमन राइले जानकारी दिए । व्याडमिन्टन प्रतियोगितामा दुबै बिधामा ११ वटै वडाको खेलाडीहरुको सहभागिता रहेको थियो ।

यि दुबै टिमका बिजेता र उपबिजेतालाई मेयरकप समापनको अवसरमा पुरस्कार बितरण गरिने नगर खेलकुद बिकास समितिका अध्यक्षा सुरज रिङ्गालुङ रार्इले जानकारी दिए ।
स्वास्थ्यको लागी र राष्ट्का लागी खेलकुद भन्ने नाराका साथ हरेक बर्ष आयोजना हुने मेयर कपलाई निरन्तरता दिदै जाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.