दमक,२४ चैत । दमकका सामाजिक व्यक्तित्व बबरजंग थापा (किरण) लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रीक्ट ३२५ सी नेपालको गभर्नर पदमा निर्वाचित भएका छन् । शनिवार बिराटनगरमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रमबाट थापा लायन वर्ष २०२५– २६ का लागि गर्भनर पदमा निर्वाचित भएका हुन् ।
लामो समयदेखि सामाजिक तथा व्यवसायिक क्षेत्रमा स्थापित लायन्सकर्मी थापाले लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक ३२५ सीको सेकेण्ड भाइस गभर्नर, डिस्ट्रिक ट्रेजर ,इन्भायरोमेन्ट चिफको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनले लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट वर्ष २०१३-२०१४ मा क्लव अध्यक्षको कुशलतापूर्वक नेतृत्व गरेका थिए ।लायन्सको क्षेत्रमा झण्डै दुई दशक योगदान गरिआएका उनले गर्भनर निर्वाचित पछि उनले लायन्स अभियानलाई समाजसम्म जोड्न आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।