उर्लावारी,२३ चैत । मोरङको रतुवामाई नगरपालिका १० स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार अपरान्ह पौने ४ बजे ना.१ख ६१६० नम्वरको टिफर र बिपरित दिशाबाट आउदै गरेको को.१त ६५२५ नम्बरको ट्रयाक्टर एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रहेका रतुवामाई ४ का ४५ बर्षीय भुषणलाल चौधरीको घटनास्थलमा नै मृत्यु भएको र दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको जनाईएको छ ।