असहाय मानव सेवा समाजको नेतृत्व चयन,अध्यक्षमा पुनम

दमक ,२२ चैत । सामाजिक सेवामा क्रियाशील संस्था असहाय मानव सेवा समाज दमकको अध्यक्षमा पुनम रिजाल (प्रेमकुमारी )चुनिएकी छन् ।शनिवार दमक -८ मा सम्पन्न संस्थाको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले प्रेमकुमारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

निर्वाचित कार्यसमितिको कार्यअवधि आगामी तीन बर्षसम्म रहने छ । सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला थापा, सचिवमा कृष्ण भट्टराई, सह -सचिवमा अमृत बिष्ट र कोषाध्यक्षमा भुमी निरौला निर्विरोध चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा देवराज दंगाल र श्याम तिम्सिना चयन भएका छन् ।
संस्थाको नयाँ नेतृत्व चयन गर्न प्राध्यापक रत्न थापाको संयोजकत्वमा शैक्षिक व्यक्तित्वद्धय दुर्गा काफ्ले र ओमप्रसाद खनाल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश)को प्रमुख आतिथ्यमा भएको अधिवेशन उदघाटन कार्यक्रममा संस्थाकी अध्यक्ष सजु (लोकमाया)बुढाथोकीको अध्यक्षता तथा संस्थापक अध्यक्ष चेतना निरौलाको पनि विशेष आतिथ्य रहेको थियो । सो अवसरमा ९२ बर्षिया ज्येष्ठ नागरिक गोमादेवी गौतमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक शाखा तदर्थ समितिकी संयोजक गोमा बुढाथोकी, दमक बाल आश्रमकी मेनुका बुढाथोकी, योगदान राष्ट्रको लागि नामक संस्थाका दमक नगर सचिव गोबिन्दराज कट्टेल, आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी शिक्षक लता खनाल लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.