अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण

गौरादह ,२२ चैत । झापाको गौरादह नगरपालिका -४ का अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोगले नगरपालिकाको समन्वयमा मंगलवार ती वडाका ५० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

गौरादह ४ वडा कार्यालयमा आज एक कार्यक्रम गरि त्यहाँका ५० जना अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको आयोगका झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले बताए ।
आयोगका केन्द्रीय उपाध्यक्ष नरेन्द्र खड्का, गौरादह नगर प्रमुख रोहितकुमार साह लगायतले त्यहाँका मेघराज पौडेलसहितका जग्गाधनीलाई पूर्जा हस्तान्तरण गरे ।
आयोगका जिल्ला अध्यक्ष पाण्डेका अनुसार आयोग गठन भएपछि जिल्लामा पहिलोपटक गौरादह ४ का अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरि कामलाई तीव्रता दिएको हो । आयोगले अव भने स्थानीय तहको निर्वाचन पछि मात्र जिल्लाको विर्तामोड,बुद्धशान्ति,मेचीनगर लगायतका अव्यवस्थित बसोबासी तथा भूमिहीनहरुलाई जग्गाधनीपूर्जा वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष पाण्डेले बताए । धनीपूर्जा वितरण कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, गौरादहकी उपमेयर गीता भेटवाल,आयोगका सदस्यहरु, वडाध्यक्ष,वडासदस्य,मालपोत तथा नापी कार्यालयका प्रतिनिधि तथा वडाबासीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.