
दमक, २० चैत । दमक –८ स्थित आइतवारे टोलबासीले आफना टोलमा निर्माण गरेको स्वागतद्धारको उद्घाटन गरिएको छ । रु ८ लाख बढी लागतमा निर्माण गरेको स्वागतद्धारको शनिवार एक कार्यक्रमका बीच दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उद्घाटन गरिन् ।
उनले स्वागतद्धारको रिवन काटेर उद्घाटन गर्नुका साथैं त्यहाँ निर्माण गरेको स्तम्भको समेत अनावरण गरिन् । दुई बर्ष अघि निर्माण गरिएको प्रवेशद्धार निर्माणमा स्थानीय आइतबारे टोलवासी टंकमाया कट्टेलले रु १ लाख ३१ हजार १३१ , स्व. कृष्णलाल कन्दङवाका परिवारले रु १ लाख ११ हजार १११ सहित विभिन्न दाताको रु ८ लाख ५० हजार लगानी रहेको स्वागतद्धार निर्माण उपभोक्ता समितिका सचिव सन्त किरातीले बताए ।
त्यस अवसरमा निर्माण समितिले स्वागतद्धार निर्माणमा सहयोग पुरयाँउने दाता तथा टोलका ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत बहादुर निरौलाले बताए । स्वागतद्धार निर्माण गर्न निरौलाको संयोजकत्वमा ७ सदस्यीय एक निर्माण उपभोक्ता समिति गठन गरिएको थियो ।