झापा ,२० चैत । नेपाली कांग्रेस संसदीय दलको नेतामा पाँचथरका भीष्मराज आङदेम्बे बन्ने पक्का भएको छ । कांग्रेसले पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद आङदेम्बेलाई सर्वसम्मत दलको नेता बनाउन लागेको हो।
दलको नेता चयन प्रक्रिया अघि बढाउन आगामी शनिबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको महामन्त्री गुरुराज घिमिरेले बताए।‘आगामी शनिबार बस्ने बैठकले निर्वाचन समिति बनाउनेछ, त्यसपछि दलको नेता चयन प्रक्रिया अघि बढ्छ,’ घिमिरेले भने।
उनका अनुसार दलको नेता सर्वसम्मतिबाट चयन गर्ने संस्थापन पक्षको तयारी छ । गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि समानुपातिकबाट सांसद बनेका आङदेम्बेलाई दलको नेता बनाउन लागिएको कांग्रेसका नेताहरू बताउँछन् ।
कांग्रेसका एक पदाधिकारीले भने, ‘भीष्मराज आङदेम्बेजी सर्वसम्मत रुप संसदीय दलको नेता बन्नुहुन्छ । पार्टीभित्र बृहत् एकताको प्रस्थान विन्दु नै दलको नेता चयनबाट गर्न चाहन्छौँ।’
२०७० सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन पाँचथर–२ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएका थिए । आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका थिए । लिम्बू समुदायबाट पहिलो मन्त्री बन्ने अवसर देउमानले पाएका थिए ।
सात दशक लामो इतिहास भएको कांग्रेसमा लिम्बू समुदायबाट दलको नेता बन्ने अवसर भीममराज आङदेम्बेले पाउने निश्चित भएको नेताहरू बताउँछन्। आङदेम्बेले दलको नेतामा आफ्नो दाबी रहेको भन्दै सबै पक्षबाट सकारात्मक जवाफ पाएको बताए ।
…………………………………………………………………………………………………………………………………………………………….
ती पदाधिकारीका अनुसार कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट आङदेम्बेलाई सर्वसम्मत दलको नेता बनाउन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सकारात्मक छन् ।
‘अर्जुननरसिंह केसी दाइले पनि संसदीय दलको नेतामा दाबी गर्नु भएको छ । उहाँ सबै हिसाबले योग्य पनि हुनुहुन्छ । तर, सभापति गगन थापा र उहाँको पारिवारिक सम्बन्धको विषय सधैँ उठिरहन्छ । यसले पार्टी र सभापतिलाई ड्यामेज गर्छ भन्ने हाम्रो साझा बुझाइ छ । त्यसैले भीष्मराज आङ्देम्बेजी नै दलको नेता बन्नुहुन्छ,’ उनले भने।
यता देउवा र शेखर कोइराला पक्ष पनि आङदेम्बेलाई दलको नेता बनाउन एकमत छन् । कांग्रेस संसदीय दलको नेता चयनका सन्दर्भमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको थियो। चुनावपछि खड्काको निवासमा पुगेका कोइरालाले पार्टीको राजनीति र संसदीय दलको नेता चयनमा मिलेर जान समहत भएका थिए। पूर्वसहमहामन्त्री बद्री पाण्डेले आङदेम्बे नै दलको नेता बन्ने परिस्थिति बनेको बताए ।
कांग्रेसले समानुपातिकतर्फ २० जना सांसद छान्दा ८ जना कोसी प्रदेशका परेका हुन् । पाँचथरका आङ्देम्बेलाई दलको नेता बनाएर झापा निवासी उपसभापति विश्वप्रकाश शर्मा कोसी प्रदेशमा शक्ति केन्द्रित गराउने रणनीतिमा देखिन्छन्। बिहीबार भएको सांसदको शपथग्रहणमा पनि आङ्देम्बे प्रतिपक्षी दलको नेताको आसनको पहिलो नम्बरमा बसेका थिए।
२०७० सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन पाँचथर–२ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएका थिए । आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका थिए । लिम्बू समुदायबाट पहिलो मन्त्री बन्ने अवसर देउमानले पाएका थिए ।
सात दशक लामो इतिहास भएको कांग्रेसमा लिम्बू समुदायबाट दलको नेता बन्ने अवसर भीममराज आङदेम्बेले पाउने निश्चित भएको नेताहरू बताउँछन्। आङदेम्बेले दलको नेतामा आफ्नो दाबी रहेको भन्दै सबै पक्षबाट सकारात्मक जवाफ पाएको बताए ।
उनले भने, ‘मैले पार्टीका सबै नेताहरूसँग भेटघाट गरिसकेको छु। सबैले सकारात्मक जवाफ दिनुभएको छ । केही दिनमा पार्टीले निर्णय गर्ला।’पार्टीभित्रको विवादमा आङदेम्बेले मध्यमार्गी भूमिका देखाउन खोजेकाले उनको नाममा सर्वसम्मति हुने ती पदाधिकारीको भनाइ छ ।
गगनको पक्षमा उभिए आङ्देम्बे
प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेसका तर्फबाट सम्बोधन गरेका आङ्देम्बेले विशेष महाधिवेशनको स्वामित्व लिँदै सभापति गगन थापाको पक्षमा खुलेका छन्। ‘निरन्तरतामा नवीनता’ भन्ने दृष्टिकोण राखेको भन्दै कांग्रेसको विशेष महाधिवेशनले परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेको उनको भनाइ छ ।
‘हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आयो, कि त अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पु¥यायो । जेनजी विद्रोहले उठाएका मुद्दालाई पनि निष्कर्षमा पु¥याउन प्रतिबद्ध छ । एक जिम्मेवार प्रतिपक्षी दलका रुपमा यो परिवर्तनलाई साथ दिन, सघाउन र खबरदारी गर्न कांग्रेस प्रतिबद्ध छ,’ उनले भने, ‘परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको म यहाँ स्मरण गराउन चाहन्छु।’