फिदीम ,२० चैत । पाँचथरको फालेलुङमा २०७४ सालदेखि आयोजना हुँदै आएको चौंरी महोत्सवको छैठौं संस्करण यो वर्ष चैत ३० देखि शुरु भई २०८० बैशाख २ गतेसम्म सञ्चालन हुने भएको छ ।
यो वर्ष आयोजना हुन लागेको महोत्सवलाई ‘छैठौं फालेलुङ चौंरी पर्यटन महोत्सव ’भनिएको छ । यो वर्ष फालेलुलुङ गाउपालिकाको प्रवर्धनमा चौंरी पर्यटन महोत्सवको आयोजना फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्धन संस्था र दिप ज्योति युवा क्लवले गर्न लागेका हुन् ।
यो वर्ष जिल्लाको फालेलुङ ४ चाररातेमा आयोजना गर्ने तयारी भइरहेको आयोजक संस्थाले सोमवार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएका छन् । हिमालको पर्यायका रुपमा स्थापित चौंरी गाई र तिनका प्रजातिको संरक्षण सगै चौंरीजन्य उत्पादनहरुको प्रर्वधन र बजारीकरण गर्ने उद्वेश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले वताए ।
महोत्सवमा पाँचसय भन्दा धेरै चौंरी र याकको प्रदर्शनी गरिनेछ । यो सँगै याक राइडिङ,हर्स राइडिङ जस्ता गतिविधि पनि महोत्सव क्षेत्रमा आयोजना हुने आयोजक फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्थाका उपाध्यक्ष शिल्प राईले जनाए ।
महोत्सव क्षेत्रमा चौंरी र भेडाजन्य उत्पादनका स्टल राखिने बताइएको छ । महोत्सवमा नेपालका विभिन्न जिल्लासँगै भारतको पञ्जाव,पश्चिम बंगाल,कोलकत्तासँगै भुटान हुदै विभिन्न मुलुकका आन्तरिक र वाह्य गरी दुईहजार भन्दा धेरै नागरिक भित्¥याउने आयोजककोलक्ष्य छ ।