वडा सदस्य रायले दिए पदबाट राजीनामा

धनकुटा,२० चैत । धनकुटा नगरपालिका -९ का वडा सदस्य मनोज राय (सन्दिप ) ले राजीनामा दिएका छन् ।विविध कारणले पदमा बसिरहन नसक्ने भन्दै सोमबार नगर प्रमुख चिन्तन तामाङ समक्ष राजीनामा बुझाएका हुन् । पत्र बुझ्दै मेयर तामाङले उनको राजीनामा स्वीकृत गरेका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादीबाट ९ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष रहँदा उनी नेकपा एमालेमा प्रवेश गरेका थिए । केहि महिनाअघि उनले एमाले परित्याग गरेको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.