जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लावारी,२० चैत । जिपको ठक्करबाट मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार बिहान एक जना पैदलयात्री युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।
बा १७ च ७९७१ नम्बरको बोलेरो जिपले आइतबार बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.