पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

फिदिम,१९ चैत । पिकअप दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिका–५ बञ्चरेडाँडा स्थित गुरासे–सुभाङ सडक खण्डमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
मृत्यु हुनेमा हिलिहाङ–५ सुभाङका २४ वर्षीय आवास माबो रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्ण जानकारी दिए ।
बिहीबार दिउसो दुई बजे डोब्कीलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च ६०२९ नम्बरको अमलिसो (कुच्चो) बोकेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुबेदीको कमान्डमा खटिएको टोलीले घाइते तीनै जनालाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाएको थियो ।
उपचारका क्रममा माबोको निधन भएको अस्पतालले जनाएको छ ।गाडीमा सवार सोही स्थानका २४ वर्षीय सन्दिप उभरकोटी र चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली सामान्य घाइते भएका छन् ।चालक बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता, इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाँल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन विक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरारआलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताजआलम मन्सुरी रहेको प्रहरी उपरीक्षक थेबेले बताए ।
यस्तै, यातायात कार्यालयबाट इटहरी–४ का २७ वर्षीय सुमन ओझा, इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी–४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published.