दमक ,१९ चैत । प्रविधिमैत्री कृषि अभियानका लागि दमक नगरपालिकाले कृषकहरुलाई आधुनिक कृषि सामाग्री वितरण गरेको छ ।नगरभित्र रहेका कृषकहरुलाई समूह मार्पmत पचास प्रतिशत अनुदानमा बिषादी छर्किने ईलेक्ट्रिक पावर स्प्रेयर र मकै छोडाउने मेसिन बितरण गरेको हो ।
नगरपालिकामा आज एक कार्यक्रमका बीच नगर प्रमुख रामकुमार थापा, उप प्रमुख रेगिना भट्टराईले ती कृषि औजारहरु हस्तान्तरण गरे । कृषक समूहलाई उक्त सामाग्री वितरण गर्दै नगर प्रमुख थापाले आर्थिक मन्दिका कारण सोचेजति सहयोग गर्न नपाए पनि भए सम्मको सहयोग उपलब्ध गराईएको बताए । यसअघि सरकारले दिएको अनुदान बास्तविक किसानसम्म पुग्न नसकेको गुनासो आएपनि अहिले भने बास्तविक किसानहरु छनौट गरेरनै वितरण गरिएको बताए ।
कार्यक्रममा नगर उपप्रमुख भट्टराईले कृषि औजारसहित माटोको परीक्षण, मल विउ वितरण लगायतका सेवा समेत सञ्चालन गरेको भन्दै यसबाट लाभ लिन सबै कृषकहरुलाई आग्रह गरिन् ।
कृषकहरुलाई समूह मार्फत १५ वटा पावर स्प्रेयर र २० वटा मकै छोडाउने मेसिन वितरण गरिएको नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिईन् । २३ हजार ५ सय रुपैयाँ मकै छोडाउने मेसिन र ४ हजार ५ सय रुपैयाँ पावर स्प्रेयर मेशिन पचास प्रतिशत अनुदानमा कृषक समूहलाई वितरण गरिएको उनले बताईन् ।
नगरपालिकाको आर्थिक बिकास समिति संयोजक ईन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपाने लगायतको समेत उपस्थिति रहेको थियो ।