नेविसंघ झापा बिस्तार, १४ जना मनोनित

झापा,१९ चैत । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति विस्तार गरिएको छ । संघका जिल्ला अध्यक्ष सञ्जय निरौलाले आज विज्ञप्ति निकालेर प्रवक्तामा मिराज पोख्रेलसहित पाँच उपाध्यक्ष, तीन सचिव,चार सहसचिव र एक जना कोषाध्यक्ष मनोनित गरेका हुन् ।
जसअनुसार पाँच उपाध्यक्षमा सन्जय राई,कौशल उप्रेती,योगेन थापा, द्रोर्ण दाहाल,बिशाल सिटौला,सचिवमा गोकुल पौडेल,एलेक्स मैनाली,जितेन साम्पाङ,सहसचिवमा मनिष दाहाल, आशिष लेचम्वो ,सुनिल हतासो,भरत चम्लागाईलाई मनोनित गरि जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै, कोषाध्यक्षमा मनिता सिटौलालाई मनोनित गरिएको उल्लेख छ । नेविसंघ केन्द्रीय समितिले गत माघ ५ गते निरौलालाई अध्यक्षमा मनोनित गरेका थिए । नेविसंघ झापालाई थप चलायमान बनाउन विधान बमोजिम मनोनित गरि समिति विस्तार गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.