सिटी सफारीको ठक्करबाट एक जनाको मृत्यु,तीन घाईते

दमक,१९ चैत । सिटी सफारीको ठक्करबाट दमकमा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् ।दमक -२ स्थित भित्री सडक खण्डमा तीव्र गतिमा जादै गरेको सिटी सफारी अनियन्त्रीत भई ठक्कर दिदाँ दमक -२ का ३९ बर्षिय केशव कटुवालको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
गएराति ७ वजेतिर बाटो काट्दै गरेका कटुवाललाई सिटी सफारीले ठक्कर दिएको र स्थानीय निम्स अस्पताल पुरयाँउन साथ घाईते कटुवालको मृत्युभएको थियो ।
दुर्घटनामा संलग्न सोहि वडा बस्ने सफारी चालक प्रकाश तामाङसहित अन्य दुई जना महिला समेत घाईते भएका र उनीहरु सबैको बिर्तामोडस्थित विर्ता सिटी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना पछि सिटी सफारी भगाउने क्रममा बाटोमा हिड्दै गरेकी दुई जना महिलालाई समेत ठक्कर दिन पुगेको थियो ।.

Leave a Reply

Your email address will not be published.