
दमक,१९ चैत । नेकपा एमाले निकट झापाका अग्रज पत्रकार मुक्ति पौडेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आज एक संक्षिप्त कार्यक्रमका बीच उनी कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई कांग्रेस महामन्त्री बिश्वप्रका शर्मा, नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बू, प्रदेश सभापति उद्धव थापा लगायतले स्वागत गरेका थिए । नेताहरुले नवप्रवेशी पौडेललाई साधारण सदस्यता, खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए ।
त्यस अवसरमा पार्टी प्रवेशका क्रममा प्रेस चौतारी नेपालका पूर्व केन्न्द्रीय सदस्य समेत रहेका पौडेलले कम्यूनिष्ट सिद्धान्त ,दर्शन देशका लागि घातक भएको भन्दै लोकतान्त्रिक विचार भएको पार्टीमा निस्वार्थ प्रवेश गरेको वताए । उनी काकड्भिटटाबाट प्रकाशित हुदैआएको जनसंसद दैनिकका सम्पादक हुन् ।