अस्पताललाई छ थान फलामे कुर्सी हस्तान्तरण

दमक,१८ चैत ।नेपाली कांङग्रेस दमक १ का पार्टी सभापति गजेन्द्र देवानले स्थानीय दमक अस्पताललाई ६ थान फलामको कुर्सी उपलव्ध गराएका छन् ।
पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेका देवानले दमक –१ मा रहेको सरकारी अस्पताल दमक अस्पतालमा उपचारका लागि आउने बिरामी तथा कुरुवाहरुलाई बसाईमा सहजता पुरयाँउन उद्देश्यले स्वेच्छिक रुपमा करिव रु ५० हजार मूल्य बराबरका फलामे कुर्सी अस्पताललाई उपलव्ध गराएका हुन् ।
विहिबार अस्पतालमा एक कार्यक्रमका बीच दाता देवानले ती सहयोग सामाग्री अस्पतालकी अध्यक्ष समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरे । सहयोग सामाग्री बुझदै अध्यक्ष अधिकारीले दाता देवानको सामाजिक योगदानको चर्चा गरेकी थिइन् ।
त्यस अवसरमा कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई ,कांग्रेस दमक १ का वडा सचिव यज्ञ भटटराई लगायत अस्पतालका डाक्टर,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.