गौरीगञ्ज , १८ चैत । नेपाली कांग्रेस गौरीगञ्जका विभिन्न चार वटा वडा समितिलाई कार्यालय व्यवस्थापनका लागि एक- एक थान स्टिल दराज वितरण गरेको छ ।कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद महेन्द्रकुमारी लिम्बू र कांग्रेस झापा क्षेत्र न. ५ का सभापति ढुण्डीराज भण्डारीको संयुक्त सहयोगमा गौरीगंज गाउँपालिकाका ३,४, ५ र ६ वटा वडा समितिलाई स्टिल दराज वितरण गरिएको हो ।
गौरीगञ्ज ३ स्थित स्नोह्वाईट बोर्डिङ्ग स्कुलको सभाहलमा शनिवार एक कार्यक्रम गरि ती समानहरु हस्तान्तरण गरिएको हो ।कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यता तथा कांग्रेस कोशी प्रदेश कार्य समिति सदस्य तथा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, प्रदेश कार्य समिति सदस्य भुमिराज राई, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीले संयुक्तरूपमा वडा कार्य समिति सञ्चालनका लागि सभापतिहरूलाई स्टिल दराज हस्तान्तरण गरेका हुन् ।
ती समान कांग्रेस वडा न. ३ का सभापति यादव श्रेष्ठ, वडा न. ४ का सचिव दिवस राजवंशी, वडा न. ५ का सभापति सन्तोष कुमार गन्गाई र वडा न.६ का सभापति बद्रीनारायण यादवले दराजको चाबी बुझेका थिए ।
कांग्रेस गौरीगंज गाउँपालिकाका सभापति अघनु प्रसाद राजवंशीको सभापतित्वमा भएको सो कार्यक्रममा सहयोग सामाग्री हस्तान्तरण गदैं नेतृ लिम्बूले कांग्रेसको मुख्य मियो भनेको वडा कार्यसमिति भएको भन्दै त्यसलाई चलायमान राख्न दराज वितरण गरिएको बताईन् । कांग्रेस पूर्व जिल्ला सदस्य तथा निवर्तमान गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेको कार्यक्रममा महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरू, प्रदेश सभापति, क्षेत्रिय समितिका पदाधिकारीहरू, पालिका सभापतिहरू, गाउँ समितिका पदाधिकारीहरू, वडा सभापतिहरू, क्षेत्रिय प्रतिनिधिहरू तथा क्रियाशिल सदस्यहरूलगायत भातृ संघ संस्थाका पदाधिकारीहरूलगायतको उपस्थिति रहेको थियो ।