दमक,१८ चैत । करेन्ट लागेर घाईते भई विरामी भएका ताप्लेजुङ ,मेरिङदेन ४ लिङ्थेपका चतुरसिंह लङ्वालाई विदेशमा बस्दै मनकारीहरुबाट ७७ हजार बढी सहयोग जुटेको छ ।
उनको उपचारमा सघाँउ पुरयाँउन उद्देश्यले अष्ट्रेलियाबाट प्राप्त भएको ७८ हजार ७ सय ५० रुपैया आर्थिक सहयोग उपलव्ध गराईएको हो । किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाबाट संकलित उक्त सहयोग पीडित विरामीलाई हस्तान्तरण गरिएको चुम्लुङ दमक नगर अध्यक्ष देबेन्द्र मावोहाङ चेम्जोङले बताए । सहयोग हस्तान्तरणमा चुम्लुङ दमकका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
उनका अनुसार विरामी लङ्वाको उपचारमा सघाँउ पुरयाँउन चुम्लुङ अष्ट्रेलियाको अगुवाईमा सहयोग जुटाईएको र सोहि सहयोग रकम हस्तान्तरण गरिएको हो । चुम्लुङ अष्ट्रेलियाले यसरीनै विभिन्न परोपकारी तथा सामाजिक कार्यमा सहयोग पुरयँँउदैआएको छ । उनी हाल दमकमा स्वास्थ्य उपचारत छन् ।