ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

दुर्घटनाबाट पल्टिएको ट्याक्टर निकालिदै

दमक, १८ चैत । टयाक्टरले ठक्कर दिदाँ आज दिउँसो दमकमा एक जना मोटरसाईकल चालकको मृत्युभएको छ । दमक -१ बरगाछीस्थित भित्री सडकखण्डमा दिउँँसो ३ वजेतिर इटा बोकेर जादै गरेको मे १ त ७९४२ नम्बर टयाक्टरले विपरित दिशाबाट आउदै गरेको मे.६ प ३९७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ त्यसमा सवार जिल्ला मोरङ मिक्लजुङ गाउँपालिका ५ बस्ने ६१ बर्षिय मित्रप्रसाद शर्माको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अनिल मावोहाङले बताए ।
ठक्करबाट मोटरसाईकल चालक शर्माको घटनास्थलमा नै मृत्युभएको उनले जानकारी दिए । प्रहरीले ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएको र फरार चालकको भने खोजी भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.