दमक,१७ चैत । नेकपा एमालेको भातृ संगठन नेपाल उद्योग तथा व्यबसायी महासंघ दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ ।कमिटीको आज सम्पन्न प्रथम अधिवेशनले युवा व्यवसायी रमेश लुईंटेल अध्यक्षतामा १६ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षद्वयमा चिरन न्यौपाने ,लोकनाथ सापकोटा (लोकेश ), सचिवमा निरोज आचार्य , तीन जना सहसचिवमा क्रमशः मोहन मगर, धनमाया बस्नेत (सानु ) र दुर्गानन्द साह चुनिएका छन् ।यस्तै कोषाध्यक्षमा मधु गुप्ता र सह कोषाध्यक्षमा कमल सेन्चुरी चयन भएका छन् ।
यसैगरि,सदस्यहरुमा खेमप्रसाद तिवारी, नेत्र लुइँटेल, कुलबहादुर श्रेष्ठ, सन्दीप न्यौपाने, महेन्द्र दुलाल, तोयनाथ अधिकारी र जीवसकुमार साह चयन भएका छन् ।नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनबाट नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण समेत गराईएको थियो ।