डाकिनीको कल्भर्टमा नेपाल मृत फेला

दमक,१७ चैत । दमक -२ स्थित भित्री सडक डाकिनी छेउको कल्भर्टको पानीमा आज विहान एक जना युवा दुर्घटनाग्रस्त मोटरसाईकलसहित मृत भेटिएका छन् ।मृत्यु हुनेमा दमक- ३ गोलाटारका ३९ बर्षिय दिपेन्द्र नेपाल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दमक चौंकको गतौंला भेट्स फर्मामा कार्यरत नेपाल हिजो बिहिबार राति काम सकेर घरतर्फ फर्किदै गर्दा दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीको छ ।प्र ०१–०१२प.४०२९ नम्बरको मोटरसाईकलसहित नेपाललाई आज विहान मृत अवस्थामा फेला पारेका थिए ।
प्रहरीले दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।

Leave a Reply

Your email address will not be published.