
कमल, १७ चैत । हेभन्ली पाथले झापाको कमल गाउँपालिका ५ पाडाजुंगीस्थित आफना कार्यालयमा आयोजना गरेको रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।
आफना गुरु गडएन्जलको जन्मोत्सवको अवसर पारेर आज आयोजित रक्तदान हेभेन्ली निर्भाना पाथ झापा नारी युवा र मूल कमिटीको संयुक्त आयोजनामा भएको हो । रक्तदानमा गुरु गडएन्जलसहित संस्थामा आवद्ध धर्मानुरागीहरुले रगतदान गरेको युवा संगठनका केन्द्रीय उपाध्यक्ष सविन चाम्लिङ राईले जानकारी दिए ।
रक्तदान जीवनदान भन्ने सन्देसका साथ सञ्चालित रक्तदानमा हेभन्ली पाथ झापाका अध्यक्ष गजुरमान राई लगायतको उपस्थिति रहेको थियो । रक्तदान दमकस्थित नेपल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।