प्रतिष्ठानद्धारा ज्येष्ठसंग अन्तरकृया कार्यक्रम

दमक,१७ चैत । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक -८ को आयोजनामा आजिवन सदस्यहरु बीचमा अन्तरकृया कार्यक्रम तथा स्वास्थ्य शिक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ज्येष्ठ नागरिकहरुका लागि खानपान ,आहार बिहार, योगको महत्वको बारेमा मिना काईराला र ज्येष्ठ नागरिकमा आउने स्वास्थ्य समस्या र समाधानका उपायहरुको बारेमा होमियो चिकित्सक डा.लेखनाथ न्यौपानेले प्रशिक्षण गराएका थिए । दमक- ८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश)को प्रमुख आतिथ्यतामा र प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद पौडेलको बिशिष्ठ आथिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक ८ का अध्यक्ष ओम प्रसाद खनालले गरेका थिए ।कार्यक्रममा प्रतिष्ठानका केन्दिय सचिव जीवराज भट्टराई, सल्लाहाकार सह सयोजक डोयना दाहाल, लेखा संयोजक कृष्णराज थापा,सामाजिक व्यक्तित्व प्रेम दगाल, टंक पाठक,शारदा उपाध्याय खनाल, लगायत आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो ।प्रतिष्ठानका वडा सचिव तारानाथ भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा नया आजिवन सदस्यहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.