दमक ,१७ चैत । झापा,दमकका अग्रज पत्रकार बिष्णु सुब्बा सम्मानित भएका छन् । प्रथम ज्योतिष दिवसको अवसर पारेर नेपाल ज्योतिष परिषद, दक्षिण एशियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल ज्योतिष परिषद झापाको व्यवस्थापनमा आइतवार झापाको शिवसताक्षी नगरपालिका वडा न. १० स्थित माईधारमा आयोजित कार्यक्रममा पत्रकार सुब्बा सम्मानित भएका हुन् ।
महासंघ झापाका केन्द्रीय प्रतिनिधि सुब्बालाई ती संस्थाले संयुक्त रुपमा सम्मान पत्र, नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।तीन दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशील सुब्बा हाल राष्ट्रिय समाचार समितिको संवाददातासहित प्रदेशबाणी अनलाईन न्यूज पोर्टलका सम्पादक तथा सञ्चालक समेत हुन् ।
नेपाल ज्योतिष परिषदका कोशी प्रदेश समितिका अध्यक्ष बाबुराम निरौलाको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परिषदले सुब्बासहित ज्योतिष विधाबाट सिन्धुशास्त्री सन्तोष पोख्रेल,ज्येष्ठ ज्योतिष गिताराम लम्साल,धर्मशास्त्र विधाबाट दिुषी वृन्दा बराल,ज्योतिष तन्त्रबाट ज्ञानेन्द्र खरेल,सहयोगी दाताका रुपमा गोमादेवी मिश्र (न्यौपाने ) गरि छ जनालाई एकैसाथ सम्मान गरेको थियो ।
ज्योतिषसहित विभिन्न विद्यामा काम गरिआएका प्रतिभाहरुलाई प्रोत्साहन गर्न झापामा पहिलोपटक यस किसिमको कार्यक्रम गरिएको र आगामी दिनमा यस कार्यक्रमलाई निरन्तरता दिईने नेपाल ज्योतिष परिषदका कोशी प्रदेश समितिका अध्यक्ष निरौलाले बताए ।
झापा जिल्लाभरका ज्योतिषहरुको उल्लेखीय सहभागिता रहेको सो कार्यक्रममा सहभागि वक्ताहरुले पूर्विय सभ्यतामा ज्योतिष बिज्ञानको ठुलो महत्व रहेकाले ज्योतिष विज्ञानको विकासमा जोड दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख कार्की, ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष सिताराम लुईंटेल,सम्मानित पत्रकार सुब्बा, बिदुशी बृन्दा बराल लगायतले ज्योतिष बिज्ञानको विकासमा सवैको योगदान आवश्यक भएको चर्चा गरे ।
सोहि अवसरमा परिषदले ज्योतिषहरुवीच हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको कार्यक्रम संयोजक नारदमणी न्यौपानेले बताए । ज्योतिषहरुको विषयमा आयोजित सो हाजिरीजवाफ प्रतियोगितामा विजयी ज्योतिषहरुलाई पुरस्कृत गरिएको थियो।
कोकिला ढुंगेलले स्वागत मन्तव्य राखेको थिए भने कार्यक्रम संयोजक नारदमणी न्यौपानेले कार्यक्रमको विषय माथि प्रकाश पारेका थिए । ज्योतिष दिवस (चैत शुक्ल प्रतिपदा ) का अवसरमा आज ज्योतिष क्षेत्रका विभिन्न संस्थाहरुले देशभरि विभिन्न कार्यक्रम गरि मनाएका छन् ।